स्तबमा तिमीलाई न धन चाहिएको हो न कुनै पद, न मान्छे चाहिएको हो न त नाम । न तिमीलाई डिग्री चाहिएको हो न त ठाउँ । तिमीलाई केवल आनन्द चाहिएको हो ।
मान्छे सधैं नरहे पनि मान्छेको कृति अमर हुन्छ । रचना गर ।
तिम्रो कल्पनाको मान्छे (हिरो, हिरोइन), ठाँउ, पद, चिज पाएर सन्तुष्ट हुनेवाला छैन । मनको स्वभाव हो बदलिरहनु ।
“मनके बहुतक रंग हे छिन छिन बदले सोय” –गुरु कबिर ।
यो समाज र यहाँका मान्छे देखि डराउनु पर्दैन । यि कोहि पनि सयबर्ष अघि थिएनन् र सय बर्षपछि हुने छैनन् । तिमी पनि सधैं यहाँ रहि रहदैनौ । समयको महत्व बुझेर जीवनलाई सार्थक र विराट उद्देश्य देउ ।
मान्छे बाहेक पनि यहाँ धेरै कुरा छन् अवलोकन गर्नको लागि , अनुभव गर्नको लागि । मान्छे यस धर्तिमा केहि समयका अतिथि हुन् तर खोला, बन, जंगल, सूर्य, आकाश, चराचुरुंगी, पहाड, हिमाल, नदी यहाँ रहिरहनेछन् ।
तिमीले जीवनभरी कति सिक्यौ त्यो नाप्ने एउटै पेमाना हो , तिम्रो अहंकार कति गल्यो ।
तिम्रो वरिपरि हेर । यि सबै चिज जुन तिमीले देख्छौ यि सबै अध्ययन र सोधको परिणाम हो । तिम्रो मनपर्ने खाना, लगाउने लुगा, सुत्ने ओछ्यान, बस्ने घर सबै अध्ययनको फल हो । त्यसैले अध्ययन गर ।
ब्याय फ्रेण्ड, गर्लफ्रेण्डको चक्करमा यो अनमोल मानब जन्म खेर नफाल । भनिन्छ मानव जीवन दुर्लभ छ । ब्याय फ्रेण्ड, गर्लफ्रेण्ड गर्नको लागि अरु चौरासी लाख योनी छन् । डगले राम्ररी बुझेको छ ब्याय फ्रेण्ड, गर्लफ्रेण्डको रोल । सोच यो मानव जन्म गुमाए फेरी नमिल्ला । गल्ली गल्ली सडक भौंतारिनुपर्ला पुच्छर हल्लाएर आफ्नो ब्याय फ्रेण्ड, गर्लफ्रेण्डको खोजीमा । समय सिमित छ । समयको महत्व बुझ र प्राप्त गर । त्यो चिज जसको लागि यो दुर्लभ मानव जीवन जन्म मिलेको हो ।
प्रेम कसैलाई गरिने चिज हैन कि त प्रेम सबैमा बाडिन्छ नत्र त्यो केवल स्वार्थपुर्ति गर्ने ढोंग हो ।
तिम्रो रोल मोडेल र मेरो रोल मोडेलमा यो अन्तर छ । तिम्रो रोल मोडेलले संसारलाई हसाँउछ नचाउँछ र काम गरे वापत करोडको चेक गोजीमा हाल्छ । मेरो रोल मोडेलले संसारलाई जगाउँछ अज्ञान हटाउँछ धर्म सिकाउँछ , दुख भगाउँछ र काम गरेपछि आफ्नो नाम पनि नबताई विदा लिन्छ । तिम्रो रोल मोडेललाई स्टार भनिन्छ मेरो रोल मोडेललाई सन्त भनिन्छ ।
सारा समस्या या त भुतमा छ या त भविष्यमा । बर्तमानमा हेर कहाँ छ समस्या ? वर्तमानमा बस ।
जुन चिजमा अभ्यास हुन्छ त्यो चिजमा हामी राम्रो हुन्छौं । हाम्रो वेहोसीमा मन चलाउने अभ्यास भएको छ । अव होसमा मन नचलाउने अभ्यास गरौं ।
फेसबुकमा नक्कली फेसहरु हेरेर जीवन नविताउँ । साइक्लिंग जाउ, पेन्टिंग गर, दौडिउ, सुन्दर साहित्य पढ, कविता रचना गर, बासुरी सिक , आकास हेर , कहिले नगएको ठाउँमा हिडेर जाउ । फेसबुक विना पनि जीवन सम्भव छ । बरु फेसबुक विना जीवन सुन्दर छ ।
जसले जीवनमा केहि सार्थक उपलब्धी गर्न सकेन उसले अव लभ गर्छ ।
मैले सुन्दरता कहिं देखिन । जब मैले आफुभित्र हेरें मैले कुरुपता देखें ।
विद्यालय जानुपर्ने जीवन निर्माण गर्नको लागि । अहिले युवा जान्छन् विद्यालय लभ गर्नको लागि ।
साथी बनाउनै छ भने उसलाई बनाउ जसलाई साथीको आवश्यकता छैन ।
आकर्षित नहोउ स्क्रीनका हिरोहरुबाट । स्क्रीनका हिरो जीवनका जिरो हुन्छन् जो जीवनका हिरो हुन्छन् उनीहरु स्क्रीनमा आउँदैनन् ।
जीवनको कठिनाइसँग जुझ । हिरा कोइलाखानीबाट निस्कन्छ तर केवल त्यो कोइला हिरा बन्छ जसले ताप र चाप सहेको हुन्छ । – मनोक्रान्ती
जब सयोैं निर्दोश प्राणीको प्राण डाइटको निमित्त आहुती गरिन्छ तब गएर एउटा सिक्स प्याक(Six Pack) बन्छ ।
जति शक्ति निरन्तरतामा छ त्यति शक्ति बलमा कहाँ ? निरन्तर एकै ठाउँमा गरिएको चोटले एक शक्तिशाली चट्टान फुट्छ ।
विचारको उपयोग केवल कामको लागि हो । अरुबेला मन नचलाउ । सोचेर नबसौं । मनले कहिल्यै सुख दिनेवाला छैन ।
कसैलाई उच्च दृष्टिले हेर्न वा कसैप्रति आकर्षित हुन जरुरी छैन । तिमी र उसमा बस यति अन्तर छ कि उसले केहि कुरा बुझ्यो अथवा बुझाइयो जुन तिमीले बुझ्न बाकीं छ ।
ज्ञान त्यो चिंगारी हो जसले तिमी भित्रको छुद्रता र विकारको जंगललाई जलाएर राख पारीदिन्छ ।
जसरी हुकमा अड्काइएको किराले अवोध माछालाई आकर्षित गर्छ र जब त्यो माछा आहारमा झम्टन्छ उ त्यो माझीको आहार बन्छ । त्यसैगरी स्क्रीनमा देखाइएको सुन्दर छवि तिम्रो लागि विच्छाइएको जाल हो जसमा परि तिमी एक रित्तो जीवनको सुवास बन्नेछौ ।
यो दुखको संसारमा आनन्दीत होउ । यो नै तिम्रो मानवताको लागि सबैभन्दा ठूलो देन हुनेछ ।
सबै कुरा बुझ्नेछौ । जीवन नै गुरु बन्नेछ आँखा निर्दोश भए ।
जहाँ सच भन्दा झुठ अत्यधिक छ त्यहाँ झुठ सत्य लाग्नेछ ।
उमेर वित्यो बाहिर खोज्दा खोज्दा केहि प्राप्ति भएन र आश अझै बाकीं छ । अब एक चोटी भित्र खोज्ने हो कि ?
तिमीले सोचेर खाना नमिठो भएको हो । नसोची खाने अभ्यास गर अनि हेर स्वादमा हुने परिवर्तन ।
हात्तिको केवल दुइवटा दाँत हुन्छ देखाउने मान्छेको हजार ।
मलाई तिम्रो जीवन प्रति कुनै रुचि छैन , अगाडी भिर छ र तिमी निद्रामा सपनामा रमाई हिडिरहेछौ केवल निद्राबाट झस्काउन खोजेको हो ।
सत्य सधैं सुन्नलाई मिठो हुँदैन जसरी औषधी सबै गुलियो हुदैंन । विरामी जति गहिरो छ सत्य त्यति सुन्नलाई कटु लाग्नेछ ।
यहाँ राम्रो नराम्रो कोहि छैनन् केवल छ तिन गुण (सत्व, रज, तम) र अज्ञान ।
सन्तत्व माला तिलक वस्त्र लगाएर देखाउने चिज हैन । सन्तत्वको सुगन्ध आउँछ ।
जीवन हो एक यात्रा, आफुदेखि आफुसम्म ।
विद्याको लक्ष हो आफ्नो पुर्णताको वोध गराउनु ।
जति खाली भयौ त्यति भरिनेछौ ।
जसलाई मृत्युको दर्शन भयो उसले अव समय खेर फाल्दैन ।
मिहेनत पर्याप्त छैन कुनै कार्य धर्यैताले सम्पन्न हुन्छ ।
प्रेम गर्ने चिज हैन, प्रेम हुने तत्व हो ।
कसैको विछोडले पिडा दिन्छ भने त्यो मोह हो प्रेम हैन ।
मोहमा आफ्नो बारेमा सोचिन्छ, प्रेममा आफ्नो बारेमा सोचिन्न ।
जसलाई तिमी तिम्रो शरिर देखाएर आकर्षित गर्छौ ति तिम्रो शरिरको लागि आएका हुन् तिम्रो लागि हैन । एउटा बाख्रा देखेर बाघ आकर्षित हुन्छ यो हैन कि बाघलाई बाख्राप्रति प्रेम छ, बाघलाई बाख्राको शरिर लुछ्नुछ ।
कचराले भरिएको मनबाट (नेगेटिभ थर्टछ) नकारात्मक बिचार रुपी दुर्घन्ध आउँछ त्यस कचराको प्रवेश द्वार हो तिम्रो आँखा र कान ।
तिमी अरुलाई हेर्छौ जुन दिनदेखि तिमीले आफुलाई हेर्नेछौ अरुले तिमीलाई हेर्न थाल्नेछ ।
विनम्र होउ यो होइन कि सानो हुनुछ, धेरै अघि बढ्नुछ ।
तिमी भन्छौ “म इश्वरमा विश्वास गर्दिन किनकी मैले इश्वर देखेको छैन ” जरुरी छैन कि देखिने कुराको मात्र अस्तित्व हुन्छ । हावा देखिदैन तर हावा विना तिम्रो प्राण एक पल टिक्दैन ।
वास्तवमा तिमीलाई चाहिएको आनन्द हो यो कुरा भर्खर जन्मिएको बच्चाले पनि बुभ्mछ । उ आनन्दको लागि रुन्छ कराउँछ ।
जसले तिम्रो गुणगान गाउँछ, प्रशम्सा गर्छ उ प्रति सावधान हुनु । उसलाई तिमीबाट केहि चाहिएको छ । यो सम्वन्ध तिम्रो लागि अशुभ छ जसले तिम्रो खोट देखाउँछ, तिम्रो बन्धन देखाई तिमीलाई झस्क्याउँछ, उ प्रति श्रद्धा राख्नु । यो सम्वन्ध शुभ छ ।
कसैको विस बर्षको सिख दुइसय रुपयाँ तिरेर प्राप्त गर्ने माध्यमको नाम हो पुस्तक ।
सिक्नलाई दुइवटा मार्गछन् । एउटा हो अध्ययन अर्को अनुसन्धान । अध्ययनको मार्ग छोटो छ ।
Let's not compete. Competition is an animal trait. See how a dog competes for mate, food, territory, attention.
नेपाल रहँदा लाग्यो अमेरिका गएपछि सबै समस्याको समाधान हुन्छ । अमेरिका पुगेपछि लाग्यो सबै समस्याको समाधान नेपाल फर्केपछि हुन्छ । यस्तो हुन्छ मनको स्वभाव ।
म नेपाली भनेर घमण्ड गर्छौ । आज तिमीले लगाउने अण्डरवेयर देखि लिएर तिमी चड्ने गाडी सबै विदेशीले बनाउँछन् । विदेशीबाट इमान्दारी र मेहनतको पाठ सिक ।
अमेरिका गएर मान्छे बदलिने होइन, त्यहाँको दुखले मान्छे बदल्छ ।
मैले अमेरिका गएर टालोले भईं पुछ्न सिकें ।
मन क्यामेराको लेन्स जस्तो हुन्छ जसरी धूलो जमेको लेन्सबाट संसार अन्धकार र निराशमय देखिन्छ त्यसरी नै मलिन मनले संसारको वास्तविक स्वरुप देख्न सक्दैन । विकारयुक्त र संस्कारित मनले संसार निराशाजनक, खतरनाक, डरलाग्दो, नरमाइलो, दुखी देख्छ । मन साफ गर संसारमा आनन्दको दर्शन हुन्छ ।
आनन्द अकस्मात (एक्सिडेन्टल्ली) पाइने चिज होइन, यस्को लागि लामो मेहनत गर्नुपर्छ ।
तिमीसँग केवल सोच्ने (थिंकीङ) मन छैन, एउटा अर्को मन छ जुन बर्तमानमा रमाउँछौ, जुन विचार रहित छ जुन चिजलाई जस्ताको तस्तै देख्छ, जुन चिज देखि आश्चर्य चकित हुन्छ , जुन जिज्ञासु छ , जुन ठट्टा गर्छ, हास्छ , कराउँछ, नाच्छ, गाउँछ, आनन्दित हुन्छ, प्रेम बाड्छ, खोज त्यो मनलाई ।
मान्छे दुइ प्रकारका हुन्छन् ।
१) जसले यो स्वीकार्छ कि उ दुखी छ ।
२) जसले स्वीकार्न चाहदैन कि उ दुखी छ ।
डर एक कल्पना हो । विचार शुन्य खाली मनमा डर हुदैंन ।
भोग्नै छ भने होस पूर्वक भोग । त्यो चिजबाट मुक्त हुनेछौ ।
शनिवार कुनै विशेष दिन होइन । शनिवारलाई विशेष तिमीले बनायौ । विशेष मान्न छोड । शनिवार अरु दिन जस्तै सामान्य लाग्नेछ ।
एक साझा संसार हुदैंन । यहाँ जतिवटा मान्छे छन् त्यतिवटा संसार छ ।
तिमीले देखेको दोष तिम्रो संसारमा छ, मेरो संसारमा छैन ।
जो आफ्नो ठाँउ वाक्क लागेर अमेरिका जान्छ उसलाई केहि दिनपछि अमेरिका आफ्नो ठाँउ लाग्नेछ ।
मान्छे स्कूल गएर दुखी हुन सिक्छन् ।
काम गर्ने होइन, कामले तिमीलाई गरोस् ।
अल्छिको बैंक चल्दैन । मेहनतीको पान पसल प्रशिद्ध हुन्छ ।
स्कूलको नाम बदलेर जागिर, तालिम केन्द्र राख्नुपर्ने ।
नक्कल केहि दिनसम्म मात्र चल्छ ।
१०० पानाको पुस्तक १० वर्ष लगाएर लेखिएको छ भने अवश्य तिमीले एकदिनमा पढेर सकाएर बुझ्नेछेनौ ।
जब तिम्रो सम्पूर्ण स्कूलको शिक्षा कुनै एक जागिरको लागि तालिम हुन्छ तव कहाँबाट आउँछ जीवनमा खुशी, आनन्द, मुक्ति, प्रेम, उदारता, बोध, समझ, प्रकाश । यी चिज ज्ञानको देन हो । दुर्भाग्यबस स्कूल ज्ञान दिने ठाँउ होइन । ज्ञानको श्रोत हो ग्रन्थ, शास्त्र, गुरुबचन, सत्बाणी, ऋषिमुनिका साहित्य, सतसंग, बोध साहित्य, महापुरुषका जीवनी ।
जे कुरामा अभ्यास गछौं, त्यो कुरामा राम्रो हुन्छौ । हाम्रो सोच्ने अभ्यास भएको छ । अव नसोच्ने अभ्यास गरौं ।
मान्छे तिमी प्रति हैन, तिम्रो व्यक्तित्व, धन, छवि, शारिरको रुप प्रति आकर्षित भएका हुन् । केवल तिमीलाई कसैले चाहदैनन् ।
बच्चा तिम्रो होइन । आनन्दको प्रेमी हो । आनन्दको लागि उसले तिमीलाई सहजै त्यागि दिन्छ ।
बालकलाई यो गर्न हुन्न होइन, यो गर्न हुन्छ सिकाउ ।
एउटा घमण्डी अहंकारी मान्छे जसमा तर तिब्र सिक्ने इच्छा छ , एक दिन उसले आफुलाई बदल्न पनि सिक्छ ।
ज्ञानमा केवल म छु , भक्तिमा केवल उ छ ।
मूर्खले सज्जनबाट फाइदा उठाउन खोज्छ, बुद्धिमानले सज्जनबाट सिक्छ ।
तिम्रो चाहनाको बस्तु प्राप्त भएपछि त्यसको रस विलाउँछ । यो सत्य बुझ्नु, पैसा प्रति मोह कम भएर जान्छ ।
यदि छोराछोरीको जीवन विकास भएको चाहन्छौ भने मोह त्याग । यदि छोराछोरीको चेतना सधैं बालक समान चाहन्छौ भने आफुुसँग च्यापेर राख ।
साथीको वास्था गर्न छोड, साथीले छोडी दिन्छ । दोस्ती दुइतर्फि व्यापार हो । म तिम्रो इच्छा पुर्ति गर्छु, तिमी मेरो गर ।
शरिरलाई साबुनपानीले नुहाइन्छ , मनलाई ध्यानले ।
यहाँ सबैले एक अर्कालाई हेर्ने हो स्वयंलाई हेर्ने त विरलै हुन्छन् ।
यहाँ मान्छे आनन्द पाउन विभिन्न ठाउँमा ट्राई गरिराछन् ।
मनलाई गलत पाठ पढायौ अव सहि पाठ पढाउ ।
रोएको मनले वाहिर स्वर गर्छ ।
जो मान्छे जीवनमा जति एक्लो छ , उसले त्यति जोडले प्रेम गर्छ ।
विचारको वेगलाई रोक्न सक्नु एक अदभुत कला हो ।
बाहिरी ब्यवहारबाट जीवन मुक्त महापुरुष र पागललाई छुट्टाउन कठिन छ ।
जो बच्चा जस्तो व्यवहार गर्छ जरुरी छैन कि उस्को चेतना बच्चा समान छ ।
बुद्धले जुन कुरा राज बैभवमा पाएनन् त्यो कुरा रुख मुनि बसी पाए । जुन कुरा तिमीले खोजेको छौ त्यो तिमी भित्रै छ ।
जो दुष्टलाई सुधार्न उसको पछि लाग्छ एकदिन कोहि सज्जन उसलाई सुधार्न उसको पछि लाग्नेछ ।
जो भित्र जति रित्तो छ उसले बाहिर त्यति आफ्नो सामान प्रदर्शन गर्छ ।
सुन्दरता हेर्न कहि जानु पर्दैन, बस मन साफ गरेपुग्छ ।
Take unhappiness as a problem to be solved.
Study your mind like a scientist. Observe it, experiment with it, play with it and be free from suffering.
No matter how low you fall, keep learning. You will reach unbelievable heights.
जसको विशेष दिन छैन, उसको हरेक दिन विशेष ।
जसको विशेष काम छैन, उसको हरेक काम विशेष ।
जसको विशेष भोजन छैन, उसको हरेक आहार विशेष ।
जसको विशेष सम्वन्ध छैन, उसको हरेक सम्वन्ध विशेष ।
जसको विशेष ठाउँ छैन, उसको हरेक ठाँउ विशेष ।
जसले तिम्रो लागि कसैलाई छोड्यो, उसले कसैको लागि तिमीलाई छोड्नेछ ।
जसले तिम्रो अगाडी अरुको निन्दा गर्छ, उसले अरुको अगाडी तिम्रो कुरा काट्नेछ ।
म चेतनासँग खेल्छु ।
शान्त चित्तको नजिक पशु पनि आकर्षित हुन्छ । पशुले पनि बुझेको छ अहिंशाको महत्व ।
तिम्रो नशा छिटो उत्रन्छ, कहिले नउत्रिने नशा खोज तिमी भित्र ।
मनको स्वास्थ्य मन नहुनुमा छ , शरिरको स्वास्थ्य शरिर नहुनुमा ।
कुरा कुरामा अन्तर हुन्छ, कुनै कुरा टाइम पासको लागि गरिन्छ, कुनै कुराले जीवन बदलदिन्छ । पहिलोलाई गफ भनिन्छ, दोस्रोलाई सत्संग ।
खाली समयको सहि सदुपयोग हो ध्यान ।
बच्चको न कुनै जात हुन्छ न धर्म । यी कुरा पछि उसलाई सिकाइन्छ ।
स्क्रीनको नक्कली छवि कायम गर्न बडो मेहनत गर्नुपर्छ ।
मन त्यो चोर हो जसले मालिकको अनुपस्थितिमा घरमा उपद्रो गर्छ ।
मुर्खले ज्ञानीलाई चिन्दैन जसरी पथ्थर फुटाउनेले हिराको मोल जान्दैन ।
मूर्खलाई मुर्ख चिन्न बेर लाग्दैन । ज्ञानीलाई ज्ञानी ।
मन त्यो भुत हो जसलाई काम नदिए स्वयंलाई खान्छ । मनलाई मन्त्र जप्ने काम देउ ।
बालक हैन इच्छा जन्म लिन्छ ।
अपराधी अपराध पनि मनको शान्तीको लागि गर्छ ।
अज्ञानको आनन्द अग्लो शिखरबाट आखाँ बन्द गरेर हाम फालेको आनन्द हो । यो आनन्द तवसम्म टिक्छ जबसम्म भुईंको स्पर्ष हुदैंन ।
खोजेको चिज –आनन्द) त सहि छ तर ठाउँ गलत भयो ।
स्क्रीनको लभस्टोरी जीवनमा चल्नको लागि दुबै जनाले एउटै फिल्म हेरेको हुनुपर्छ ।
Pain is the shadow of pleasure.
क्रोधले अरुलाई जलाउनु अघि स्वयंलाई जलाउँछ ।
राक्षसलाई सयौं शिरले देखाइन्छ । देवीदेवतालाई सयौं हातले । शिरको अर्थ हो सोच, हातको कर्म ।
एउटा बुद्धले संसारलाई जगाएर घर आएपछि गाली खानेछ ।
संसार गुरुत्वाकर्षणको नियमले चल्छ , जीवन कर्म फलको नियमले चल्छ ।
खानु खेल्नु, सुत्नु स्वार्थको पछि दौडनु, स्त्री संभोग गर्नु पशुले पनि जानेको छ, तिमीले थप के जानेको छौ ।
वर्तमानमा जिउन पशुबाट सिकौं । कुनै पशु सोचेर दुखी हुदैंन ।
मन एक धारिलो औजार हो, यसलाई चलाउन जाने यसले निर्माण गर्छ नत्र स्यंलाई काट्छ ।
एक हुन्छ विरता, एक हुन्छ मुर्खता ।
काममा अन्तर हुदैंन, काम गर्नेवालामा अन्तर हुन्छ ।
गुरुसँग प्रतिस्पर्धा गरिदैंन, गुरुको चरणमा प्रिती गरिन्छ ।
जीवनमा सर्टकट नखोज । सर्टकटको लङ परिणाम भोग्नु पर्नेछ ।
आफ्नो रुप धेरै प्रस्तुत नगर । तिम्रो रुपले केवल मूर्ख आकर्षित हुनेछन् ।
सेवा गर सेवाको आवश्यताबाट मुक्त हुन ।
अन्तरजगतमा (चेतना, बाहिरी जगत –संसार) पनि ठूला ठूला भवन बनाइन्छन् ।
ज्ञानीले आफ्नो ज्ञान मौनमा लुकाउँछन्, मूर्खले आफ्नो मूर्खता ।
भिडले कहिल्यै सत्य पाएन ।
हामी केहि नगरी बस्न सक्दैनौं । ध्यान हो केहि नगरी बस्ने अभ्यास ।
खाली समयको सर्वोत्तम उपाय हो ध्यान ।
मैले झ्याल बाहिर पात देखें र रोमान्चित भएँ ।
साथी इच्छा पुर्ति गर्ने माध्यम हो ।
उपयुक्त बोल, कहिं तिम्रो बोली हल्ला नबनोस् ।
मौन हो सर्वोत्तम संगित ।
भविष्यको चिन्ता छोड । आज एक दिन ठिक पार ।
जसको कर्म बोल्छ उस्को मुख बोल्दैन ।
झुठलाई लुकाउन बढो सजावट र सृंगारको आवश्यकता पर्दछ ।
सज्जन माथि दुष्ट हावी हुँदैन, लालची माथि दुष्ट हावी हुन्छ ।
सोच बेहोसीमा मात्र सम्भव छ ।
तिमी मान्छेदेखि डराउँदैनौ, उस्को मनमा भएको छविदेखि डराउँछौ ।
पानी पर्यो । एक ठाउँमा किसानको प्रार्थना सुनियो, अर्को ठाउँमा बाढीले घर बगायो । कसैको प्रार्थना कसैको लागि श्राप बन्छ ।
सोच सोचबाट मुक्त हुनको लागि ।
क्रोधको दर्शन नै क्रोधबाट मुक्तिको उपाय हो ।
मनलाई रंजन –(मनोरंजन) गर्ने हैन, पहिले नै रंगिएको मनलाई साफ गर ।
मान्छे बदलिनेछ, ठाँउ बदलिनेछ , चिज बदलिनेछ , सम्वन्ध बदलिनेछ , साथी बदलिनेछन्, परिस्थिति बदलिनेछन् , छिमेकी बदलिनेछन्, परिवार बदलिनेछ, राजनीति बदलिनेछ, देश बदलिनेछ, घर बदलिनेछ, रुप बदलिनेछ, शरिर बदलिनेछ, मन बदलिनेछ, पृथ्वी बदलिनेछ, संसार बदलिनेछ, तिमी बदलिनेछौ । बदलाब नै संसारको स्वभाव हो । मोह नगर ।
तिम्रो बोली कसैको, तिम्रो केश कसैको, तिम्रो लगाई कसैको, तिम्रो सोच कसैको, तिम्रो चलाई कसैको, तिम्रो दृष्टि कसैको, तिम्रो लक्ष कसैको, तिम्रो आफ्नो के छ ?
सबै खोज पश्चिमको मात्र होइन । पूर्वको पनि आफ्नो खोज छ । हेर पूर्वको खोज ।
पश्चिमले विश्वलाई विज्ञान दियो । पूर्वले ध्यान ।
विज्ञानको भाषा हो गणित, ज्ञानको भाषा हो संस्कृत ।
पढ, धेरै पढ ताकि अज्ञानको अर्थ बोध होस् ।
समस्त मानसिक समस्याको समाधान हो अध्यात्म ।
संगतको ठूलो असर छ जीवनमा । संगतले नै डाँकुलाई बाल्मिकी बनायो, भिष्मपितामहलाई बाणको सैया दियो ।
मनको पार छ आनन्द ।
“मलाई केहि बन्नुछैन” यो चिजको बोध नै जीवनको लक्ष हो ।
जसरी भोकाएको शरिरलाई भोजन दिएन भने शरिरले विरोध गर्छ त्यसरी नै भोकाएको मनलाई भोजन दिएन भने मनले विरोध गर्छ । मन भोकाएको छ । मनलाई भोजन देउ । मनको भोजन हो साहित्य, कला , संगित, सतसंग ।
समय बाहिरी जगतमा मात्र छ । अन्तर जगतमा समय छैन ।
कम बोल, विचार कम हुनेछ ।
कम्प्यूटरलाई कलम र कपिले बनायो । कलम र कपिको शक्तिलाई चिन ।
पहिले छुट्टियौ अनि जोडियौ ।
मान्छेको चित्रकला छोड, इश्वरको चित्रकला हेर ।
धन बढ्यो, पढाइ बढ्यो, पहिचान बढ्यो, घर बढ्यो, परिवार बढ्यो, सम्वन्ध बढ्यो, पेशा बढ्यो, सामान बढ्यो, अहं बढ्यो, रिस बढ्यो, लोभ बढ्यो । खुशी घढ्यो, निर्दोशता घट्यो, उदारता घट्यो, प्रेम घट्यो, स्वतन्त्रता घट्यो, मुखको हाँसो घट्यो, शान्ती घट्यो, संतोष घट्यो, बल घट्यो, आयु घट्यो, स्वास्थ्य घट्यो ।
कोहि कसैको पछि लाग्दैनन्, सबै आफ्नो इच्छाको पछि लाग्छन् ।
हामीलाई सुखी हुने उपायभन्दा दुखी हुने उपाय धेरै थाहा छ ।
कहिले काहिं मानसिक काम स्वीच अफ गर र पूर्ण शारिरीक काम गर ।
आज संसारको सबैभन्दा खुशी मान्छे एउटा बौद्ध भिक्षु भएको छ –(रिचार्ड म्याथ्यु) यसले सावित गर्छ कि खुशी हुनलाई केहि चाहिदैन ।
सफल व्यापारको रहस्य हो बोली ।
तिमीलाई हर क्षण एक अनमोल उपहार मिलेको छ । जसलाई स्वास भनिन्छ । यस्को महत्व उनिले बुझेका छन् जो यस्को लागि तड्पेका छन् । स्वास छ त सबै चिज छ । स्वास छ त सबै अनुभव छन् । स्वास छ त सृष्टी छ । यस उपहारको लागि कृतज्ञ होउ ।
तिमी तिम्रो कल्पनाको कारागारमा थुनिएको छौ । त्यहाँबाट मुक्त हुने उपाय हो कल्पना गर्न छोड्नु ।
हामी क्रोधको दुरुपयोग गर्छौं ।
मिटिङ जानु परेको हैन, सामान किन्नु परेको हैन , कार्यक्रममा जानु परेको हैन, पार्टीमा जानुपरेको हैन । एक ठाउँमा बस्न नसकेको हो ।
कुबिचार भन्दा सुविचार श्रेष्ठ । सुविचार भन्दा निर्विचार श्रेष्ठ ।
हाँसो हैन, मौन खुशीको संकेत हो ।
तिम्रो घरभित्रको बुद्ध तिमीले चिन्ने छैनौ ।
बुद्धले भन्नुभयो दुखको मूल कारण हो आशक्ति र चिन्तनले आशक्ति बढाउँछ । धेरै चिन्तन नगर ।
हामीलाई के गर्न हुन्छ, के गर्न हुंदैन को ज्ञान छैन । यसलाई विवेक भनिन्छ । विना सतसंग विवेक हुदैंन । सत्संग गर ।
तिमीलाई डर लागेको वस्तु, ठाउँ वा मान्छेलाई एकचोटी गएर भेट , डर हराउनेछ ।
भेट्ला सत्य बुद्धुले
भेट्ला सत्य अनपढ गवाँरले
भेट्ला सत्य चोरले
भेट्ला सत्य दुष्टले
भेट्ला सत्य मुर्खले
तर भेट्दैन कदापि सत्य चलाखले ।
जहाँ कुण्ठा छैन त्यहि हो बैकुण्ठ ।
जुन स्त्री तिम्रो बाइक देखेर तिमी प्रति आकषित हुन्छिन उनी अवश्य तिम्रो धन चाहन्छिन ।
विवाहको निम्ति बर पक्षको धन देखाइन्छ , बधुपक्षको यौेवन ।
मन्दिरमा बुढाबुढीको भिड भक्तिको लागि होइन, जीवनमा गरेको गल्तिको प्रायश्चितको लागि हो ।
मनको शान्ती लुक्दैन , जीवनको आनन्द लुक्दैन ।
ज्ञानीको सुन्दरता आयुसगैं बढ्छ ।
यहाँ सबै आनन्दका भिखारी छन् ।
छोराछोरीलाई पैसा हैन, ज्ञान देउ नत्र उनीहरुले आमाबुबाहरुलाई एटिएम कार्ड सम्झनेछन् ।
जीवन बुझ्नुछ भने एक्लै हिँड, साथीसँग हैन ।
मन स्वभावले स्वयंले गरेको कल्पनादेखि तर्सन्छ ।
सबै कुरा त जान्यौ तर जसले जान्छ उसलाई जान्यौ ?
मान्छे मृत्युदेखि धेरै नै भयभित छन् तर कसैलाई मर्नुपर्छ भन्ने होस छैन ।
हामीलाई कतै गएको भ्रम छ ।
हामी यस जीवन रुपी पाठशालामा आएका छौं । जीवनका महत्वपूर्ण पाठहरु सिक्न । कोहि यहाँबाट उत्तिर्ण भई फेरि फर्कदैनन् । धेरै अनुत्तिर्ण भई बारम्वार फर्कन्छन् ।
यात्रामा कोहि मान्छे विश्राम गरेको पाइन्छ । उस्को आरामलाई आलस्य नमान्नु । उस्ले लक्ष प्राप्त गरिसक्यो । तिमीले लक्ष प्राप्त गर्न बाकीं छ ।
आयु समाप्त हुन्छ तर इच्छा बाकीं रहन्छ ।
रसायनिक जगतमा पोजिटिभले नेगेटिभलाई आकर्षित छ र नेगेटिभले पोजिटिभलाई आकर्षित गर्छ । मानव जगतमा पोजिटिभले पोजिटिभलाई र नेगेटिभले नेगेटिभलाई आकर्षित गर्छ ।
साधना विना मन कसरी स्वस्थ हुनसक्छ ?
अस्वस्थ शरिरबाट साधना कठिन छ । शरिर स्वस्थ राख ।
मान्छे ठूलो हुँदैन । उसले ठूलो भएको नक्कल गर्छ ।
कहाँ हरायो बालापनको त्यो निर्दोसता, उत्साह, मस्ति, निर्भयता ? कहिं धेरै कुरा जानेर गल्ति त भएन ?
तिमी बदलिदैनौ, केवल तिम्रो शरिर बदलिन्छ र मन संस्कारीत हुन्छ ।
तुलनात्मक रुपमा महिलाको मानसिक स्वास्थ्य पुरुषको भन्दा राम्रो हुन्छ किनकी महिला दैनिकी पूजा गर्छन् । पूजा मनको साधना हो । पुरुष केहि गर्दैनन् मनको लागि ।
आफु भित्र हेरौं । समय थोरै छ, काम धेरै छ ।
जब पुरै जीवन बेहोसीमा वितेको छ भने अन्य समयमा कसरी होस आउँछ ?
तिम्रो सारा जीवनको शिक्षा फिल्मबाट आएको छ ।
फिल्म पैसाको लागि बनाइन्छ, शिक्षा र जनचेतना विकासको निम्ति हैन ।
Where there is love, there is no suffering.
सुख ठाँउको एकान्तमा हैन, मनको एकान्तमा छ ।
तिमी भित्र अपार ज्ञान छ , करुणा छ , भक्ति छ, शान्ति छ, सुख छ, प्रेम छ । बस खाली होउ ।
अतृप्त मन न कुनै भौतिक उपलब्धीबाट तृप्त हुन्छ न कुनै ठाँउ गएर तृप्त हुन्छ , न कुनै पद पाएर तृप्त हुन्छ, न धन पाएर तृप्त हुन्छ, न नाम कमाएर तृप्त हुन्छ, न कुनै चिज पाएर तृप्त हुन्छ । अतृप्त मन केवल स्वयंको ज्ञान (कभाि चभबष्शिबतष्यल) ले तृप्त हुन्छ ।
कम बोले गल्ति हुने सम्भावना कम हुन्छ ।
भक्त देखेर नहाँस । भक्तको आनन्दको तुलना यो संसारमा छैन ।
जब सवै प्रश्न हल हुन्छन्, जीवनमा शान्ती आउँछ ।
सत्यको यात्रा एक्लो यात्रा हो ।
सही बाटो हिँड, जो तिम्रो लागि आवश्यक छैनन्, उनीहरु आफैं पन्छिनेछन् । जो तिम्रो लागि शुभ छन्, उनिहरु जोडिन आउनेछन् ।
तिमी आफ्नो शरिर देखाउन आतुर छौ । उ तिम्रो शरिर भोग्न आतुर छ ।
विवाह आवश्यक छैन, जीवनमा शान्ती आवश्यक छ ।
Those who are consistent need not work hard.
Passion isn't something you are born with. It is an outcome of long consistent effort.
जसको जीवन स्वयं प्रमाण छ उस्लाई बोल्नु आवश्यक छैन ।
मनलाई चन्चल हैन, एकाघ्र पार । एकाग्रताको अभ्यास गर ।
मेरो समस्या मानवताको समस्या हो र मेरो समाधान मानवताको समाधान ।
शरिर र मन छेैन भने दुख छैन ।
हाउसको वाइफ बन्नुछ या दुखबाट मुक्ति पाउनुछ । चुनाब तपाईको ?
सरलताको लागि हैन जटिलताको लागि मेहेनत चाहिन्छ ।
मनलाई विश्राम चाहिन्छ । हातलाई काम चाहिन्छ ।
Beauty is skin deep.
जुन दिन जीवन दुख हो वोध हुन्छ, त्यो दिनदेखि बुद्ध हुने यात्रा सुरु हुन्छ ।
साधारण मानिसको जीवन संघर्ष हुन्छ, मुक्त पुरुषको जीवन लिला ।
विचारलाई ध्यानले सन्तुलन गरौं ।
मेडियामा जो सुकैले ओकलेको न स्वीकारौं ।
जगतको धेरै चिन्ता नगरौं, आफु भए मात्र जगत हुन्छ ।
तनको मैलो साफ गर्न सजिलो छ , मनको मैलो साफ गर्न धेरै कठिन छ ।
भक्ति तनले हैन, मनले हुन्छ ।
ज्ञान प्राचिन छ किनकी मन प्राचिन छ ।
Popularity is a chain though a golden one. Anonymity is freedom.
समस्या भित्र छ त्यसैले समाधान भित्रै खोज ।
घरको सबै काम हो सर्वोत्तम जिम ।
ज्ञान सोचेर हैन पूर्ण जीवन जिएर आउँछ ।
ज्ञानीको विनम्रता चुनाव हो , आम मानिसको विनम्रता उस्को मजबुरी ।
सारा जीवन मृत्युको तयारी हो ।
मनलाई नियन्त्रण गर्न त्यति सजिलो छैन । यस कामको लागि पुरा संस्था खडा गरियो जहाँ जीवनभर साधक अभ्यास गर्छन । त्यो संस्थाको नाम हो बुद्धिजम ।
हेराइमा नियन्त्रण छैन भने कहाँबाट हुन्छ विचारमा नियन्त्रण ?
जीवनको ठूलो भाग काम गरेर वित्छ । भाग्यमानी हो उ जस्ले सहि काम पायो ।
Empty mind is not devil's playground. Empty room with a full mind is devil's playground.
Man is still an animal though with suit and pants on.
मान्छे ठूलो सानले हैन कामले हुन्छ ।
जुन चिज प्रति श्रद्धा छ त्यो चिजसँग सम्वन्धित कुरा प्रति पनि श्रद्धा हुनेछ ।
जुठो नक्कल गरेर बोलेको सुवचन पनि कति मिठो सुनिन्छ ।
सत्य नांगो हुन्छ यो उस्को लागि हो जो नांगिन तयार छ ।
मान्छे अज्ञानमा अघोरी भनेर गाली गर्छन् । घोर को अर्थ हो डरलाग्दो, घिनलाग्दो । अघोरको अर्थ हो डर नलाग्दो, मिठो । वास्तविक अघोरीको अर्थ बुझेको भए उ बाट भाग्ने हैन, उनको चरण चुम्ने थिए ।
चिकित्सा चिकित्सकबाट सिकिन्छ , जीवन सन्तबाट ।
तिम्रो तिहारको मनोरंजन (पटका) पशुपंक्षिको लागि आतंक हुन्छ, कसलाई मनपर्छ छिनछिनमा आतंकित भएको ?
स्वाद जिब्रोसँग सिमित छ । जिब्रो हटाइदिने हो भने मान्छेको विशेष खाना हुने थिएन ।
शरिर बनाउन त जिममा ३ महिना गए पुग्छ । मन बनाउन एक जुनी पनि कम हुन सक्छ ।
धेरै रुपलाई नसजाउ, यो रुप केहि बर्षपछि माटोमा मिल्नेछ । गुणलाई सजाउ ।
दशैंको बली बाहिर हैन, आफुभित्र देउ । तिहारको दिप आफुभित्र जलाउ । आफुभित्रको पशुताको बली देउ । आफुभित्र ज्ञानको ज्योति जगाउ ।
वर्षभरिको प्रेसर होली र दिवालीको दिन रिलिज गरिन्छ ।
सब थोक प्राप्त हुनेछ, शब्दमा श्रद्धा राख ।
सुन तर बुझ्न धेरै प्रयत्न नगर । एक कक्षाको बालकले दश कक्षाको विषय बुझ्न १० बर्ष प्रतिक्षा गर्नुपर्छ ।
जीम गएर फुकेको शरिर भित्र सुकेको मनलाई चिन ।
करुणा प्रेमको पराकाष्ठा हो ।
हामी जीवनदेखि डराएर भाग्छौं । सन्त उ हुन् जसले जीवनको सामना गरे ।
Fear is not a necessity.
When looked for it, mind is nowhere to be found.
विवाह गर्नुपर्छ, बच्चा जन्माउनुपर्छ, तिमीलाई पक्कै कसैले सिकायो ।
हामी प्रतिपल तुलनात्मक रुपमा जुन चिजले बढी सुख दिन्छ, त्यो चिज रोज्छौं ।
विश्वको सवैभन्दा धनी उ हो जोसँग सन्तोष रुपी धन छ । उसको तुलना कुनै विलगेट्छ वा वारेनबफेटसँग हुन सक्दैन ।
मृत्यु अघि मर्नु, जीवन जिउने कला हो ।
चन्द्रमाको सुन्दरता पृथ्वीबाट देखिन्छ, आफ्नो ठाउँको सुन्दरता विदेशबाट देखिन्छ ।
शरिरको सेतो कपाल देखिन्छ तर त्यो शरिर भित्रको मान्छे देखिदैन ।
सोच्ने मनले भक्ति गरिदैन ।
सुन्यता नै पूर्णता हो ।
सवै कुरा गरिसकियो । अव के गर्ने ? अव ध्यान गर्ने ।
Work only few hours. Rest of the time, prepare your mind.
छिमेकमा एकैपटक दुई बालकले दुई अलग अलग परिवारमा जन्म लियो । पहिलो बालकले आँखा खोल्ने वित्तिकै बंगला पायो, गाडी पायो, धन पायो, सुख सुविधा पायो । दोस्रो बालकले आँखा खोल्ने वित्तिकै निर्धनता पायो, अशिक्षा पायो, दुख पायो । अब दोस्रो बालक जीवनभर संघर्ष गर्नेछ पहिलो बालकले पाएको चिज पाउन । यस्तो हुन्छ भाग्यको खेल ।
जोसँग लामो समयसम्म सगैं बसिन्छ उ जस्तै देखिन थालिन्छ । उ जस्तै हिड्न थालिन्छ । उ जस्तै बोल्न थालिन्छ । उ जस्तै सोच्न थालिन्छ ।
जुन देशको नागरिकले छलपूर्वक प्लेनमा मेरो सिट हडप्यो, त्यै देशको नागरिकले टर्मिनलमा म भोकाएको बेला आफ्नो खाजा बाड्यो । मैले सिकें दोष कुनै देश वा देशको नागरिकमा हैन । हेर्ने दृष्टिमा हुन्छ ।
संसारको उद्धार केवल उसले गर्न सक्छ जसलाई संसारबाट केहि चाहिदैंन ।
अज्ञानबाट दुख मिल्छ र दुख सहन सक्ने क्षमता कसैमा हुदैंन । केवल अहंकारले यो कुरा स्वीकार्दैन ।
प्राण जान्छ तर मान्छेको अहंकार जादैंन तर जुन दिन मान्छेको अहंकार जान्छ प्राण जान्छ तर फेरी उसमा अहंकार आउँदैन ।
हामी कसैको कुरा कहाँ सुन्छौं ? हामी आफ्नै स्वर सुन्छौं ।
काममा रस हैन, रसमा काम गरिन्छ ।
सयौं पुस्तकभन्दा एक पुस्तक लेखियोस् जुन अमर होस् ।
संसारले जे दिन्छ त्यो संसारले लिन्छ ।
सवैलाई खुसी पार्नतिर नलाग । यो निश्चित छैन कि सबै खुसी हुनेछन् तर यो निश्चित छ कि तिमी दुखी हुनेछौ ।
जस्तो हुन्छ जीवन त्यस्तै हुन्छ मरण ।
उसलाई बुझाउन सकिन्न, जसले बुझिसक्यो ।
विज्ञानले सुविधा दिन्छ, अध्यात्मले सुख ।
प्रियजनको मृत्यु हुँदा दुख यो कारणले हुदैंन कि उ गयो, दुख यो कारणले हुन्छ कि मैले गुमाएँ ।
प्रश्न यो हैन कि कुन ठाउँ, कुन जागिर, कुन चिज, कुन खाना, कुन वस्त्र, कुन मान्छे, । प्रश्न केवल यो हो कि कहाँ छ खुसी ।
रुप सुन्दर भए जरुरी हुँदैन कि मन सुन्दर होस् । बकुल्लाको सफेद शरिर भित्र लुकेको छ कालो मन । उ दिन भर माछाको प्रतिक्षामा बस्छ ।
व्यस्तता छ, दौडधुप छ, हलचल छ किनकी आनन्द मिलिसकेको छैन ।
जसले आफुलाई मेटाउन खोज्यो उस्को नाउँमा आज एक धर्म खडा भएको छ जसलाई हामीले त्बयष्कm भनेर चिन्छौं ।
स्वयंको प्राप्तिको लागि बाहेक गरेको सबै प्रयत्न व्यर्थ बाकीं सबै उपलब्धी धूलोमा मिल्नेछ ।
What i say is not what you will like but what you will realize.
केवल दाग रहित मनले यो सृष्टिको वास्तविक स्वरुपको दर्शन गर्न सक्छ । मनको दाग हटाउँ बर्तमानमा रहने अभ्यास गरेर ।
एक छुद्र जीवनलाई एक महान जीवनबाट छुटाउने गुण हो अनुशासन ।
इन्टरनेट भविष्यको गुरु हुनेछ ।
विदेश जानु आवश्यक छैन । महंगो स्कूल वा विश्वविद्यालयमा पढ्नु आवश्यक छैन । संसार घुम्नु आवश्यक छैन । विभिन्न मानिससँग भेट्नु आवश्यक छैन । केवल किताव पढ्नु पर्याप्त छ । ओशो विश्व गुरु बने कितावै पढेर ।
एक एक पग गरेर अघि बढी रहे जस्तो सुकै कठिन काम पनि सहज हुन्छ ।
भित्र बाहिर प्रतिक्षण सबै कुरा बदलिरहेछ । यो निरन्तर बदलावको विच हामी भित्र एक तत्व छ जुन स्थिर छ । जसलाई आत्मा भनिन्छ । जुन तत्वसँग बसे निराशा हुनेछैन ।
घरमा परिवारसँग बस्दा पनि एक्लै बस्ने अभ्यास गर्नु । यसो गरे मन विचलित हुनेछैन भविष्यमा एक्लै बस्नु परे ।
कसैको मृत्युसैंयाको उपदेशलाई कहिल्यै नभुल्नु ।
आँखा अगाडि अनेकौं आकर्षक दृष्य आउनेछन् । केहि बेर धिरज राख्नु ति दृष्य विलाउनेछन् ।
Find a daily routine that works for you and stick to it
we feel lonely because we never prepared for it
हरेक सब्द को अर्थ भए थोरै लेख्नु पर्याप्त छ, थोरै बोल्नु पर्याप्त छ।
use every task to train your mind
concentration can save lives
आधा उर्जा त बोलेरै समाप्त हुन्छ। बोलीमा लगाम भए कामको लागि अधिक उर्जा बच्ने।
कुरा भन्ने तल हुन्छ, कुरा बुझ्ने तल हुन्छ ।
जीवन मा गरिने केहि ठुला गल्ति हरु
कसैको कुरा नसुन्नु
मन महिलो गर्नु
कसैलाई आकलन गर्नु, कसैलाई बुज्न खोज्नु
धेरै सोच्नु
सोच विचार नगरी जो सुकै संग सम्बन्द बनाउनु
आफु प्रति इमान्दार नहुनु
सब्बै कुरा बुझे भन्नु, सिक्न बन्द गरिदिनु।
Becoming good is not the way, being liberated is the way.
Don't live in the head, live in the heart.
When you are born alone and you will die alone why so much need to be with someone in the intermediate step.
Why do you need good looks? Good looks will enslave you.
धार्मिक मान्छे प्राय मन्दिर वा धार्मिक संस्थान बाहिर पहिन्छ।
Since the problem is within, do not seek the solution without.
Countless yogis and saints have walked this land. It is because of them the world is still sweet to live in. Without them people would have been thirsty of one another's blood.
If you turn outward you will create, if you turn inward you will become significant.
Becoming a yogi is bad for business.
Enlightenment is a life long pursuit.
Your desires and your breath is your first love. The first thing you will forget when you are hanging on a cliff for your life is your lover. The only thing you will desire is to somehow save your breath.
If you think all is over. It is time for suicide. No. It is time for Yoga.
That which your mind likes may not be what your soul wants.
स्वार्थ हैन सेवा को आधारमा सम्बन्द बनाऊ।
That which is against life and bereft of joy cannot be true religion.
Just as diamond isn't found in fish market, religion isn't found in the world. It needs to be discovered.
There are really two ways to life. One is the path of bhoda, another is the path of yoga.
Experiment with the wold, you will become a scientist. Experiment with yourself,m you will become enlightened.
If your outward beauty is the solve possession you have, you will soon get disappointed.
Media takes. Friends take. Relationships take. TV takes. School takes. People take. Society takes. Jobs take. Business takes. Books give.
साथी सम्बन्धि को नसुन्न्नु , परिवार को नसुन्नु, समाज को नसुन्नु, संसार को नसुन्नु।
ज्ञान आर्जन गर्नु र अन्तर आत्मा को सुन्नु।
कोइ यहाँ तिम्रो हितेसी छैनन् । सबै यहाँ स्वार्थ को कारण ले एक अर्का संग सम्बन्धित छन्।
पर निर्भर नहुनु (अरुमा dependent)। आत्मा निर्भर हुनु।
यो श्रद्धा राख्नु कि मेरो जीवन को सारा समस्या म स्वयम् सुल्झाउने छु एक एक गरेर ।
Do not depend on anyone.
Have faith you will overcome all challenges in your life one by one.
मेरो सुभकामना
संजय
No comments:
Post a Comment